काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ८६ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा गरिमा विकास बैंक बोनस सेयर र नेपाल फाइनान्सको हकप्रद सेयर गरी कुल ८६ लाख ३६ हजार ८५१.०५६१ कित्ता सेयर सूचीकृत भएको हो। जसमा गरिमा विकास बैंकको ६३ लाख १७ हजार ९२.९६८१ कित्ता र नेपाल फाइनान्सको २३ लाख १९ हजार ७५८.०८८ कित्ता सेयर छन्। 

गरिमा विकास बैंकले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको १६ प्रतिशत बोनस सेयर र नेपाल फाइनान्स आफ्ना सेयरधनीहरुका लागि जारी गरेको ७० प्रतिशत हकप्रद नेप्सेमा सूचीकृत भएको हो।