काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका सूचिकृत कम्पनीहरुमा ५ वटा बैंक मात्र अब्बल समूह मानिने ए मा परेका छन् । 

नेप्सेले सार्वजनिक गरेको तेश्रो त्रैमासको वर्गीकरणको सूचना अनुसार क्लास ए(समूह ए)मा पर्ने ५ वटै कम्पनी वाणिज्य बैंकहरु रहेका छन् । 

यो समूहमा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया बैंक, एनएमबी बैंक र सनराइज बैंक ए वर्गमा परेका छन् । 

क्लास बी(समूह बी)मा कुनै पनि सूचिकृत कम्पनी परेनन् भने ३४ वटा कम्पनी समूह जीमा परेका छन् । 

बाँकी सबै कम्पनी क्लास जेडमा परेका छन् । २२ वटा वाणिज्य बैंक सबैभन्दा कमजोर समूह मानिने समूह जीमा परेका छन् । नवील, स्ट्याण्डर्ड चार्टर्ड, प्रभू, एसबीआई, हिमालयन बैंक जस्ता कम्पनी समेत कमजोर समूहको सूचिमा परेका हुन् । 

नेप्सेले प्रकाशित गरेको सूचिकृत कम्पनीहरुको समूह वर्गीकरण यसप्रकार छ: