काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को झन्डै ९८ लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा एचआईडीसीएलको संस्थापक समूहको ९७ लाख ९५ हजार ५०५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। यो अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बेचिएको थियो। 

नेप्सेमा सूचीकृत भएको एचआईडीसीएलको संस्थापक सेयर आज शुक्रबारबाट कारोबारमा आउनेछ। पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ११३ रुपैयाँ तोकेको छ।

यो संस्थापक सेयर ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार हुनेछ।  सर्वसाधारण समूहको सेयर भने एचआईडीसीएल संकेतमा कारोबार हुनेछ।