काठमाण्डौ : नेपाल स्टक एक्सचेन्जमा शुक्रबार एकैदिन चारवटा कम्पनीको झन्डै ६० लाख कित्ता सेयर थपिएको छ । 

दुई माइक्रो फाइनान्स, एक जीवन बिमा र एक वित्त कम्पनी गरी चार कम्पनीको कुल ५९ लाख ५० हजार ७४० दशमलब ५ कित्ता सेयर थपिएको हो । 

जेबिल्स फाइनान्सको ३ लाख ४० हजार ९५५.५० कित्ता हकप्रद, ३ लाख ८९ हजार २८१.८६ कित्ता बोनस सेयर, मिथिला लुघवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख २९ हजार ८८९.६९ कित्ता हकप्रद सेयर, मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको ३२ लाख ८९ हजार कित्ता हकप्रद र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १६ लाख १ हजार ६१३ कित्ता बोनस सेयर दोस्रो बजारमा थपिएको हो ।