काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन शुक्रबार पनि सेयर बजार झिनो अंकले ओरालो लागेको छ।
आज २ घन्टाको कारोबारमा बजार १.६७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९७०.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.७४ अंकले घटेर ३८३.२० को विन्दुमा ओर्लेको छ। कारोबार रकम ६९ करोड ८८ लाख रुपैयाँमा सीमित बनेको छ।
बजार जानकार केशव कोइराला (काका) अहिले बजार साइडवेजमा चलिरहेको बताउँछन्। ‘किनकि चाडपर्वको सिजन सुरु भएको छ’, उनले भने, ‘तर, आत्तिएर सेयर बेच्नुपर्ने कुनै कारण नै छैन।’
बजारमा सप्लाई पनि नरहेको कोइराला बताउँछन्। ‘पैसाकै अभावका कारण ठूला लगानीकर्ताहरुले थप लगानी गर्न नसकेको अवस्था छ’, उनले भने, ‘बजारमा थप पैसाको आवश्यक छ।’
सूचीकृत कम्पनीहरुबाट राम्रो लाभांश घोषणा भएमा बजार पुनः आफ्नो लयमा फर्किने कोइरालाको भनाइ छ।
यो दिन नेप्सेमा रहेको १३ वटा उपसमूहमध्ये ३ वटा समूहमा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।
आज अन्य समूह सर्वाधिक ०.५ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ०.०४ प्रतिशतले घट्दा लघुवित्त समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका १८ लाख १ हजार २७३ कित्ता सेयर ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँमा किनबेच भएका छन्।
आज नेपाल टेलिकमको सर्वाधिक १० करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ४ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अरुण काबेली पावरको २ करोड ४६ लाख रुपैयाँ, रिडी पावरको २ करोड २६ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड २० लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १ करोड ८९ लाख रुपैयाँ, अपी पावरको १ करोड ६८ लाख रुपैयाँ, युनिलिभर नेपालको १ करोड ५६ लाख रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको १ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सपोर्ट लघुवित्त र रुरु जलविद्युतका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीसहित पोजिटिभ सर्किट लागेको छ।
बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago