काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सवा ११ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीको ११ लाख ३८ हजार ९४५.५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

कम्पनीले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।