काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज ११.४६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२६.२८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१० अंकले घटेर ३७४.७३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार सरोज भट्टराई पहिलेको इतिहास हेर्ने हो भने चाडपर्वको बेला बजारको चाल सधैँ यस्तै हुने गरेको बताउँछन्। ‘अहिले अन्य व्यापारका लागि पैसा बाहिर गएकोले सेयर बजार सुस्ताएको छ’, उनले भने, ‘केही लगानीकर्ताहरु डराएका पनि देखिन्छ।’
बजारमा अहिले लगानीकर्ताहरु इन्डेक्स हेरेरभन्दा पनि कम्पनी हेरेर लगानी गरिरहेको जस्तो पनि देखिएको भट्टराईको भनाइ छ। ‘चाडपर्वसम्म बजार यस्तै हुन सक्छ’, उनले भने, ‘त्यसपछि कम्पनीहरुले लाभांश पनि घोषणा गर्दै जाँदा बजारले गति लिन सक्छ।’
अर्का बजार जानकार प्रकाश रजौरे नयाँ ब्रोकर लाइन्सेन्सका विषयमा कार्यविधि प्रस्ट रुपमा सार्वजनिक नहुँदा बजारमा अन्यौलता देखिएको बताउँछन्। ‘मार्जिन लेन्डिङ र सर्टसेलिङको व्यवस्था पनि आउँदै गरेकोले बजारको भविष्य राम्रै छ’, उनले भने।
चाडपर्वको सिजन भएकोले अहिले बजार केही सुस्ताएको रजौरेको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने १२ वटा समूहमा रातो पोतिएको छ।
यो दिन अन्य समूहमात्रै ०.२९ प्रतिशतले उकालो लागेको छ।
आज जलविद्युत समूह सर्वाधिक १.५५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.५३ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२५ प्रतिशत, व्यापार समूहमा ०.६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४१ प्रतिशत, वित्त समूहमा १.३७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.१२ प्रतिशत, लघुवित्त समूहमा ०.८३ प्रतिशत, जीवन बीमा समूहमा ०.४३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५७ प्रतिशत र लगानी समूहमा १.०८ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका २५ लाख २४ हजार २२४ कित्ता सेयर ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन एभरेस्ट इन्स्योरेन्सको सर्वाधिक ३ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी पावरको २ करोड ७५ लाख रुपैयाँ, अपी पावरको २ करोड २२ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड ५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ७८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ६३ लाख रुपैयाँ, निफ्राको १ करोड ६० लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको १ करोड ५३ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज मैलुङखोला जलविद्युत कम्पनीका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन छ्याङ्दी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago