काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज झन्डै पौने ९ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल ८ लाख ७० हजार १४२.३१ कित्ता सेयर बोनस सेयर सूचीकृत भएको छ। 

यो लघुवित्तले अघिल्लो आर्थिक वर्षमा आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।