काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ९८ लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा नागरिक लगानी कोष (सीआईटी)को बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ९८ लाख १० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
सीआईटीले आर्थिक वर्ष २०७७–७८का लागि कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५७८९ प्रतिशत नगद लाभांश थिए।
सोही ३० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19