काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १० लाख कित्ता बढी सेयर थपिएको छ। 

नेप्सेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामी सेयर आज नेप्सेमा सूचीकृत भएको हो। 

यो कम्पनीले लिलामीमार्फत बेचेको १० लाख ७ हजार १७० कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको छ। 

केही समयअघि यो कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।