काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले उकालो लागेको छ।
बजार आज ३.८३ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८५८.८९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.१५ अंकले बढेर ३६३.९७ को विन्दुमा पुगेको छ। कारोबार रकम भने ८८ करोड रुपैयाँ बढीको भएको छ।
बजार जानकार बैकुण्ठ पौडेल लगानीकर्ताको मनोबल बढ्न नसकेका कारण बजार साइडवेजमा चलिरहेको बताउँछन्। ‘आयात खुला गर्नु, ब्याजदर नघट्नुलगायतका कारणले बजार माथि उठ्न सकेको छैन’, उनले भने, ‘अर्कोतर्फ बाह्य अर्थतन्त्र बिग्रिएकोले त्यसको प्रभाव नेपालमा पनि परेको देखिन्छ।’
अहिले लगानीकर्ताहरु नयाँ सरकारको गठनमा ध्यान दिइरहेको पौडेल बताउँछन्। ‘नयाँ सरकारको अर्थमन्त्री को बन्ला भन्ने चासो पनि लगानीकर्तामा देखिन्छ’, उनले भने।
अर्का बजार जानकार निमानन्द कँडेल राष्ट्र बैंकले लोन सेटलमेन्टका लागि थप सुविधा नदिँदा बजारले गति लिन नसकेको बताउँछन्। ‘बजार अहिले साइडवेजमै चलेको देखिन्छ’, उनले भने, ‘यतिबेला सेयर किनेर होल्ड गर्ने समय हो, लाभांश खाने समय पनि हो’, उनले भने, ‘बजार अब धेरै तल जाँदैन।’
नियामक निकायहरुले बजारलाई सपोर्ट हुने खालको नीतिनियम ल्याएको खण्डमा बजार लयमा फर्किने कँडेल बताउँछन्।
आज आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।
यो दिन अन्य समूह सर्वाधिक १.९५ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ०.४७ प्रतिशतले बढ्दा वित्त समूह ०.४० प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१६ प्रतिशत, लगानी समूहमा ०.२८ प्रतिशत, जीवन बीमा समूहमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०४ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.१८ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन लघुवित्त समूह सर्वाधिक ०.३२ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह र व्यापार समूह समान ०.०५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५१ कम्पनीका २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन प्राइम कमर्सियल बैंकको सर्वाधिक ६ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ४९ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ४ करोड २७ लाख रुपयाँ, नेपाल टेलिकमको ३ करोड ७६ लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावरको ३ करोड २८ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड १९ लाख रुपैयाँ, एभरेष्ट बैंकको २ करोड ५५ लाख रुपैयाँ, रिडी पावरको २ करोड २७ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड १ लाख रुपैयाँ र बोटलर्स नेपाल (तराई)को १ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज धौलागिरी लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन इस्टर्न हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19