काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब पौने ८ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो। 

यो कम्पनीको ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। 

यो कम्पनीले केही महिनाअघि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री गरेको थियो।