काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २३ लाख कित्ता बढी सेयर थपिएको छ।
नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको २३ लाख १२ हजार ४९७.२२१४ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यो लघुवित्तले आर्थिक वर्ष २०७७–७८मा सेयरधनीहरुलाई कुल २१.०५३ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद लाभांश थिए।
सोही २० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19