काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब पौने ६४ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको कुल ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

यो बैंकले आर्थिक वर्ष २०७८–७९का लागि कुल २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश थिए।

सोही ६ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। 

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको मर्जर प्रक्रिया पूरा भई यी पुस २५ गतेबाट ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नाममा एकीकृत कारोबार सुरु हुँदैछ।