काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तीन कम्पनीको झन्डै साढे ८४ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा साबिक मेगा बैंक, गुराँस लाइफ इन्स्योरेन्स र रुरु जलविद्युतको कुल ८४ लाख ४७ हजार ८६०.६३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

नेप्सेमा मेगा बैंकको ६४ लाख ४८ हजार १८४.५८ कित्ता, गुराँस लाइफको १५ लाख ५१ हजार २०० कित्ता र रुरु जलविद्युतको ४ लाख ४८ हजार ४७६.०५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

मेगा बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र रुरु जलविद्युतले १० प्रतिशत तथा गुराँस लाइफले आर्थिक वर्ष २०७६–७७ का लागि सेयरधनीहरुलाई ७.४४२५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।