काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पौने १० लाख कित्ता बढी सेयर थपिएको छ। 

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर थपिएको छ। यो बैंकको ९ लाख ७९ हजार २३.३२ कित्ता बोनस सेयर थपिएको छ। 

यो बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ मा कुल ८.९५ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत थिए। 

सोही ८.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।