काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकल ओरालो लागेको छ।
आज बजार १४.६८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २१६८.५३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले घटेर ४१०.३१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ३ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आज बजारमा सामान्य नाफा बुक हुँदा करेक्सन आएको बताउँछन्। ‘आज करेक्सन आउनु र ३ अर्ब बढीको कारोबार हुनुले बजार झन मजबुत बनेको देखिन्छ’, उनले भने।
राजनीतिक घटनाक्रमले बजारमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको ढकालको भनाइ छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि आज बजारमा करेक्सन आएको बताउँछन्। ‘यो किन्न छुटेका लागि अवसर पनि हो’, उनले भने।
निक्षेपको ब्याजदर पनि घट्दै गएकोले १–२ महिनापछि कर्जाको ब्याज पनि घट्ने घिमिरेको भनाइ छ। ‘राष्ट्रपति निर्वाचनसम्म बजार साइडवेजमै चल्न सक्छ’, उनले भने।
आज नेप्से उपसमूहमा १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक ०.३४ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह पनि ०.२० प्रतिशतले बढेको छ।
आज वित्त समूह सर्वाधिक २.०४ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह १.७७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५२ प्रतिशत, विकास बैंक समूहमा १.५९ प्रतिशत, जलविद्युत समूहमा ०.३३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२५ प्रतिशत, लघुवित्त समूहमा ०.८७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०९ प्रतिशत, अन्य समूहमा १.३२ प्रतिशत र व्यापार समूहमा १.०८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६७ कम्पनीका ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक ९ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालय ऊर्जाको ९ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ७ करोड १३ लाख रुपैयाँ, आँखु खोला जलविद्युतको ६ करोड ८३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६२ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँ, रिडी पावरको ६ करोड १८ लाख रुपैयाँ, एचआईडीसीएलपी ५ करोड ५४ लाख रुपैयाँ, अपी पावरको ५ करोड ५४ लाख रुपैयाँ र उपकार लघुवित्तको ५ करोड ५३ रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन ७ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। लुम्बिनी जनरल इन्स्योरेन्स र बाराही हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा इस्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सयपत्री हाइड्रोपावर र श्वेत–गंगा हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो।
यो दिन समृद्धि फाइनान्स र सिभिल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19