काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले दोश्रो बजारमा सूचिकृत कम्पनीहरुको त्रैमासिक वर्गीकरण विवरण सार्वजनिक गरेको छ । जसअनुसार ‘ए’ वर्गमा एउटा मात्र वाणिज्य बैंक पर्न सफल भएको छ । 

दोश्रो बजारमा कारोबार हुने २७ वाणिज्य बैंक र अन्य सूचिकृत कम्पनीमध्ये सनराइज बैंक मात्र ‘ए’ वर्गमा पर्न सफल भएको हो । 

यस्तै, ‘बी’ वर्गमा पनि एउटा मात्र कम्पनी परेको छ । यो समूहमा एउटा मात्र ङादी पावर कम्पनी लिमीटेड परेको छ । 

बाँकी कम्पनी समूह ‘जी’ र ‘जेड’मा परेका छन् । 

सनराइज बैंक बाहेकका अधिकांश वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी भने ‘जेड’ समूहमा वर्गीकृत भएका छन् ।  

‘जी’ समूहमा ३६ वटा सूचिकृत कम्पनी परेका छन् भने बाँकी कम्पनी ‘जेड’ समूहमा परेका छन् । 

विभिन्न वर्गीकरणमा परेका संगठित संस्थाहरुले सो समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनको म्यादभित्र दाबीसहितको आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।