काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड ११ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा हिमालयन बैंक र राधी विद्युत कम्पनीको कुल १ करोड ११ लाख ३४ हजार ९७१.४२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

जिसमा हिमालयन बैंकको १ करोड ३ लाख ७४ हजार ९८०.५८ र राधी विद्युतको ७ लाख ५९ हजार ९९०.८४२ कित्ता बोनस सेयर छन्। 

गत आर्थिक वर्षका लागि यी दुवै कम्पनीले वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

गत आर्थिक वर्षका लागि हिमालयन बैंकले ८ प्रतिशत र राधी विद्युतले ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।