काठमाण्डौ । सेयर बजार सोमबार सामान्य गिरावट आएको छ।
बजार आज ३.६५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२३.५४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.८५ अंकले घटेर ३८३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने २ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार केशव कोइराला (काका) केही दिनअघि राष्ट्र बैंकले ल्याएको लघुवित्तसम्बन्धी सर्कुलरका कारण अल्पकालीन लगानीकर्ताहरु आत्तिएर बिक्री चाप बढाउँदा बजार घटेको बताउँछन्। ‘तर हिजो र आजको बजारको उतारचढाव भने एमाले सरकारबाट बाहिरिने चर्चाका कारण भएको हो’, उनले भने, ‘एमालेले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ। जसले गर्दा अब राजनीतिक घटनाक्रम बजारले पचाइसकेको छ।’
प्रचण्ड नेतृत्वको सरकारमा विष्णु पौडेल अर्थमन्त्री भएर आउँदा पनि बजारमैत्री नीतिगत कुनै कुरा नआएको कोइराला बताउँछन्। ‘अब अर्थमन्त्री भएर आउनेले बजारमैत्री नीति ल्याउनेमा विश्वस्त हुन सकिन्छ’, उनले भने।
कोइरालाले अब बजार सिजनल बुलका लागि तयार रहेको बताउँछन्। ‘बजारले तत्कालका लागि बटम लगाएका छ’, उनले भने, ‘अब बजार केही माथि गएपछि फेरि नाफा बुक गर्दा केही करेक्सन आउन सक्छ।’
सक्रिय लगानीकर्ता दिलेन्द्र पाण्डे एमाले सरकारबाट बाहिरिने हल्लाले बजार प्रभावित भएको बताउँछन्। ‘अब कुन–कुन मिलेर सरकार बन्ने भन्ने कुरा निश्चित भइसकेको छ’, उनले भने, ‘अब आउने नयाँ अर्थमन्त्रीले सेयर बजारका लागि ल्याउने नीति–नियम र बजारप्रति उनको दृष्टिकोणले नै बजार यात्रा तय गर्नेछ।’
आज बजार नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.३८ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.८० प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा ०.५१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०८ प्रतिशत र व्यापार समूहमा ०.५९ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह सर्वाधिक १.६५ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह ०.९८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.१० प्रतिशत, विकास बैंक समूहमा ०.३६ प्रतिशत, जलविद्युत समूहमा ०.२९ प्रतिशत, लगानी समूहमा ०.५२ प्रतिशत, जीवन बीमा समूहमा ०.०९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.४७ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५९ कम्पनीका ५१ लाख २० हजार ८८८ कित्ता सेयर १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६६ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ६ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ५ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७८ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ६३ लाख रुपैयाँ, अपी पावरको ३ करोड ६३ लाख रुपैयाँ, युनिभर्सल पावरको ३ करोड ५३ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ३ करोड ३४ लाख रुपैयाँ, छिमेक लघुवित्तको ३ करोड २१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड १६ लाख रुपैयाँ र अपर तामाकोशीको ३ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज स्वाभिमान लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। सामलिङ पावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन राप्ती हाइड्रो कन्स्ट्रक्सनका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago