काठमाण्डौ । सेयर बजार दुई सातादेखि तात्तिएको बेला आज भने नेप्से सूचकांकमा दोहोरो अंकको गिरावट आएको छ ।
लघुवित्त उपसमूहका सेयरमूल्यमा आएको बढोत्तरी र गत बिहीबारबाट बिमा उपसमूहमा चमक सुरुआतसँगै हिजो र आज मार्केट करेक्सन मोडमा गएको हो । धेरै समय बजारमा सेयर लगानीकर्ताहरुले नेप्से सूचकांकमा प्रायः स्थिरता र कारोबार रकममा उछाल नआउँदा गिरिरहेको मनोबललाई एकाएक लगानीकर्ताहरुको मनोविज्ञान सकारात्मक बनेको थियो ।
केही दिनअघिको तुलनामा कारोबार रकममा आधाले गिरावट आउँदा लगानीकर्ताहरु होल्ड गर्ने र केही लगानीकर्ताहरु भने सर्ट टर्म प्रफिट बुकमा लाग्दा बजारमा करेक्सन आउनु स्वाभाविक भएको ब्रोकरहरु बताउँछन् । यद्यपि अहिले पनि खरिदचाप वृद्धि भइरहेको तर त्यसको गतिमात्र सुस्त भएको उनीहरु दाबीसमेत छ ।
बजारमा अल्पकालीन लगानीकर्ताहरु प्रफिट बुकतर्फ ध्यान दिँदै गर्दा राम्रा र बलिया कम्पनीहरुमा भने बिछट्टै आकर्षण छ । यतिबेला बजारको तेजी समाउन म्युचुअल फन्डहरुसमेत बजार प्रवेश गरिरहेका छन् भने ठूला लगानीकर्ताहरुको समेत कान ठाडो भइरहेकोले बजारको अवको दिशा बढ्ने नै रहेको बताइन्छ ।
साताको कारोबारको दोस्रो दिन आज नेप्से इन्डेक्स हिजोको तुलनामा १३.७५ अंकले गिरावट आई थामिएकोमा सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटी २५३.५२ अंकमा सीमित बन्न पुग्यो ।
कारोबार बन्द हुँदा नेप्सेका १२ वटै उपसमूहमा झिनो प्रतिशतले गिरावट आएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा नेप्सेमा सूचीकृत १६६ कम्पनीका १३ लाख ७१ हजार १३४ कित्ता सेयर ४० करोड ७९ लाख ५५५ रुपैयाँमा कारोबार भयो ।
सबैभन्दा बढी एनएमबी बैंकले ४ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार गर्यो ।
यसैगरी स्वावलम्बन लघुवित्त, एनआईसी एसिया बैंक, नेपाल बैंक, बेस्ट फाइनान्सको संस्थापक सेयर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीहरुले क्रमशः २ करोड ३४ लाख, १ करोड ९५ लाख, १ करोड ४९ लाख, १ करोड ३६ र १ करोड २२ लाख रुपैयाँबराबरको कारोबार गरे । यस्तै प्राइम कमर्सियल बैंक, डेप्रोक्स लघुवित्त, एभरेस्ट बैंक र नबिल बैंकले पनि क्रमशः ८९ लाख ९१ हजार, ८९ लाख ८४ हजार, ८९ लाख ६ हजार र ८७ लाख १८ हजार रुपैयाँबराबरको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन दिव्यश्वरी हाइड्रोपावर र युनियन हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए । यी दुवै कम्पनीको सेयरमूल्यमा क्रमशः ५.४५ र ५ प्रतिशतको बढोत्तरी भयो ।
त्यस्तै आजको दिन हिमालयन पावर पार्टनरका सेयरधनीहरुले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ९.४९ प्रतिशतले गिरावट आएको छ । त्यस्तै माहुली सामुदायिक लघुवित्त, राष्ट्रिय बिमा कम्पनी, नेपाल हाइड्रो कम्पनी र राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्यमा पनि ५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago