काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको ५२ लाख ४० हजार बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको ५२ लाख ४० हजार ८७८.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा प्राइम लाइफको ३६ लाख १३ हजार ५००.२५ कित्ता र बुटवल पावरको १६ लाख २७ हजार ३७८ कित्ता बोनस सेयर रहेका छन्।

यी दुवैले आर्थिक वर्ष २०७८–७९का लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

उक्त आर्थिक वर्षका लागि प्राइम लाइफले १३ प्रतिशत र बुटवल पावरले ५ प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेका थिए।