काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ४३ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा एचआईडीसीएलको संस्थापक समूहको हकप्रद सेयर सूचीकृत भएको छ। यो कम्पनीको कुल ४३ लाख ५७ हजार १८५ कित्ता संस्थापक सेयर सूचीकृत भएको छ। 

एचआईडीएलले ल्याएको हकप्रद सेयरमा बिक्री नभएको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरिएको थियो।

सोही लिलामी प्रक्रियामा बिक्री भएको उक्त सेयर आज नेप्सेमा सूचीकृत भएको हो।