काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई कम्पनीको ७५ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा आज प्राइम कमर्सियल बैंक र गुराँस लघुवित्तको ७५ लाख १ हजार ५२९.१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा प्राइम कमर्सियल बैंकको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता र गुराँस लघुवित्तको ३९ हजार कित्ता बोनस सेयर रहेका छन्। 

यी दुवै कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। गत अािर्थक वर्षका लागि दुवै कम्पनीले ४–४ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।