काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकसहित दुई कम्पनीको १ करोड ६१ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा सिद्धार्थ बैंक र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १ करोड ६१ लाख ५५ हजार ५३३.५४ कित्ता बोनस सेयर थपिएको हो। जसमा सिद्धार्थ बैंकको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता र विन्ध्यावासिनी हाइड्रोपावरको ५ लाख कित्ता बोनस सेयर सूचीकृत भएका छन्। 

यी दुवैले आर्थिक वर्ष २०७८–७९मा वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। 

उक्त आर्थिक वर्षमा सिद्धार्थ बैंकले १२.५ प्रतिशत र विन्ध्यावासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।