काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई विकास बैंकको ६० लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको कुल ६० लाख १४ हजार २९.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा शाइन रेसुंगाको ५० लाख २८ हजार ७४१.९९ कित्ता र लुम्बिनीको ९ लाख ८५ हजार २८७.७५ कित्ता बोनस सेयर छन्।
यी दुवै बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
गत आर्थिक वर्षका लागि शाइन रेसुंगाले १३.३ प्रतिशत र लुम्बिनीले ३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19