काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब साढे २९ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा नेपाल एसबीआई बैंकको बोनस सेयर थपिएको हो। यो बैंकको कुल २९ लाख ४७ हजार ७५५.९३३८ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

यो बैंकले गत आर्थिक वर्षका लागि ३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।