काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ६७ हजार बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। 

यो लघुवित्तको कुल ६७ हजार ६५० कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

विन नेपाल लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९.३३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।