काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को बोनस सेयर सूचीकृत भएको हो। 

यो कम्पनीको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

युनाइटेड इन्स्योरेन्स आर्थिक वर्ष २०७८–७९का लागि सेयरधनीहरुलाई चुक्तापुँजीको ५ प्रतिशतबराबरको बोनस सेयर वितरण गरेको थियो। 

सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।