काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २ कम्पनीको साढे १० लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा ङादी ग्रुप पावर र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो। यी कम्पनीको कुल १० लाख ६९ हजार ५६४.२२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

नेप्सेमा ङादी ग्रुप पावरको ८ लाख ३९ हजार ४८२.२२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

यसैगरी श्री इन्भेस्टमेन्टको नेप्सेमा २ लाख ३० हजार ८२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २.४० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।