काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा डेढ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको १ लाख ५९ हजार ९६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

आर्थिक वर्ष २०७८–७९का लागि नेपाल हाइड्रो डेभलपरले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।