काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीको करिब पौने २६ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको २५ लाख ७१ हजार ३४४.४६ कित्ता बोनस सेयर थपिएको हो। जसमा सगरमाथा इन्स्योरेन्सको १६ लाख ५३ हजार ६९९.९६ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस सेयर छन्। 

गत आर्थिक वर्षका लागि सगरमाथा इन्स्योरेन्सले सेयरधनीहरुलाई १२.४० प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सले ६.९९ प्रतिशत बोनस सेयर वितरण गरेका थिए। तिनै बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।