काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ कम्पनीको १ करोड १७ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, निर्धन उत्थान लघुवित्त र डिप्रोक्स लघुवित्तको कुल १ करोड १७ लाख ७७ हजार ४३७.८३२८ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

सूचीकृत बोनस सेयरमध्ये नेपाल पुनर्बीमा कम्पनीको ५८ लाख २५ हजार कित्ता, प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख ९४ हजार ३९२ कित्ता, निर्धन उत्थान लघुवित्तको ४१ लाख ७० हजार ५४७.५ कित्ता र डिप्रोक्स लघुवित्तको १३ लाख ८७ हजार ४९८.३३२८ कित्ता छन्। 

यी ४ वटै कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। जसअनुसार नेपाल पुनर्बीमाले ५ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सले ३.३२५ प्रतिशत, निर्धन उत्थान, १९ प्रतिशत र डिप्रोक्सले १० प्रतिशत बोनस सेयर वितरण गरेका थिए।