काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा एउटा विकास बैंकसहित दुई कम्पनीको साढे ७३ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा गरिमा विकास बैंक र अरुण भ्याली हाइड्रोपावरको ७३ लाख ५१ हजार ८११.५५ कित्ता सेयर सूचीकृत भएको हो। जसमा गरिमा विकास बैंकको ५९ लाख ६८ हजार १३५.५५ कित्ता र अरुण भ्याली हाइड्रोपावरको १३ लाख ८३ हजार ६७६ कित्ता छन्। 

यी दुवैले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। जसमा गरिमा विकास बैंकले १३ प्रतिशत बोनस सेयर र अरुण भ्यालीको ८ प्रतिशत रहेको छ।