काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ६ लाख १७ हजार बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ६ लाख १७ हजार ७६० कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि ६.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।