काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) पौने १७ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको १६ लाख ८३ हजार २५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। 

गत आर्थिक वर्षका लागि यो लघुवित्तले १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।