काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब पौने ३० लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा आज गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको २९ लाख ७१ हजार ९३० कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

यो कम्पनीले आर्थिक वर्ष २०७७–७८का लागि वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। उक्त आर्थिक वर्षका लागि यो कम्पनीले १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।