काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको करिब ५० लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्सको कुल ४९ लाख ९२ हजार ३०८.४३५३ कित्ता सेयर थपिएको हो। जसमा नेपाल बैंकको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता र फरवार्ड माइक्रोफाइनान्सको २१ लाख ११ हजार १२७.४६९  कित्ता छन्। 

यी दुवै कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हो। 

गत आर्थिक वर्षका लागि नेपाल बैंकले २ प्रतिशत र फरवार्ड माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।