काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८ लाख कित्ता बढी सेयर थपिएको छ। 

नेप्सेमा युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ८ लाख ५ हजार बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। 

युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। 

गत वर्षका लागि यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।