काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तीन कम्पनीको सवा १ करोड बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), प्रभु इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको कुल १ करोड २६ लाख ३३ हजार २५८.५८ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

सूचीकृत सेयरमध्ये एचआईडीसीएलको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता, प्रभु इन्स्योरेन्सको ८ लाख ६४ हजार १०६.७६ कित्ता र स्वरोजगार लघुवित्तको ११ लाख ३१ हजार १८.०७ कित्ता छन्। 

यी तीनै कम्पनीले गत आर्थिक वर्षका वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। गत आर्थिक वर्षका लागि एचआईडीसीएलले ५ प्रतिशत, प्रभु इन्स्योरेन्सले ६.७० प्रतिशत र स्वरोजगार लघुवित्तले २२ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।