काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे २ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। 

यो लघुवित्तको २ लाख ५५ हजार ६५५.७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

संस्था गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीहरुलाई वितरण गरेको थियो।