काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ३२ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर थपिएको छ। यो लघुवित्तको कुल ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। 

आरएमडीसीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। यो लघुवित्त गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।