काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ लघुवित्त संस्थाको सवा ५४ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा युनिक नेपाल लघुवित्तको एफपीओ र साना किसान विकास, उपकार र नयाँ सारथी लघुविको बोनस सेयर गरी कुल ५४ लाख २८ हजार ५८३.६८१८ कित्ता सेयर थपिएको हो। जसमा युनिक नेपाल लघुवित्तको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ रहेको छ। यो लघुवित्तले हालै सर्वसाधारणलाई एफपीओ बिक्री गरेको थियो। 

त्यस्तै नेप्सेमा साना किसान विकास लघुवित्तको ४० लाख ६७ हजार ४७५.६९१८ कित्ता, उपकार लघुवित्तको ४ लाख ५ हजार २३२ कित्ता र नयाँ सारथी लघुवित्तको ५ लाख ७६ हजार ४५०.९९ कित्ता बोनस सेयर सूचीकृत भएका छन्। 

यी ३ लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। गत आर्थिक वर्षका लागि साना किसान विकास लघुवित्तले २६ प्रतिशत, उपहार लघुवित्तले ६१.७५ प्रतिशत र नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।