काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई लघुवित्त संस्थाका ९ लाख १६ हजार बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा समता घरेलु लघुवित्त र महुली लघुवित्तको कुल ९ लाख १६ हजार २०७.७४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा समता घरेलु लघुवित्तको ५ लाख १४ हजार ११६.२९ कित्ता र महुली लघुवित्तको ४ लाख २ हजार ९१.४५२ कित्ता बोनस सेयर छन्। 

यी दुवैले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

गत आर्थिक वर्षका लागि समता घरेलु लघुवित्तले १५ प्रतिशत र महुली लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।