काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने १५ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

जीवन विकास लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तले सेयरधनीहरुलाई १४.२८५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।