काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ऋणपत्र सूचीकृत भएको छ। 

‘स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नेप्सेमा सूचीकृत भएको छ। यो ऋणपत्रका १ हजार अंकित दरका कुल २४ लाख इकाइ सूचीकृत भएको छ। 

एनआईबिएल एस क्यापिटमार्फत यो ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। 

यो ५ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.३० प्रतिशत ब्याज पाउनेछन्।