काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब पौने ७ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा समिट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल ६ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

समिट लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। गत आर्थिक वर्षका लागि यो लघुवित्तले चुक्तापुँजीको १३.५६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।