काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ लाख १६ हजार बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा हिमालयन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर थपिएको हो। यो लघुवित्तको ३ लाख १६ हजार ९३६.८८५८ कित्ता बोनस सेयर थपिएको हो। 

यो लघुवित्तले अघिल्लो आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यो लघुवित्तले अघिल्लो आर्थिक वर्ष ११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

त्यसो त सिभिल लघुवित्तको नाम परिवर्तन भई हिमालयन लघुवित्त भएको हो। नेप्सेको साउन ३ गतेको निर्णयबाट सिभिल लघुवित्तको नाम परिवर्तन गरी हिमालयन लघुवित्त कायम गरएको हो। 

नेप्सेले हिमालयन लघुवित्तलाई एचएलबीएसएल कारोबार संकेत प्रदान गरेको छ।