काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने १२ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल ११ लाख ८७ हजार ९७७.१८ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

संस्थाले अघिल्लो आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको थियो। अघिल्लो आर्थिक वर्षमा संस्थाले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।