काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा करिब २१ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्स र सामुदायिक लघुवित्त वित्तीय संस्थाको कुल २० लाख ९२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा प्रभु लाइफको १९ लाख ६० हजार कित्ता र सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता छन्। 

यी दुवै कम्पनीले अघिल्लो आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ। अघिल्लो आर्थिक वर्षका लागि प्रभु लाइफले ९.८ प्रतिशत र सामुदायिक लघुवित्तले १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।